एक महिनामा ६३ हजार युवा रोजगारीका लागि विदेशिए


लेखक : सुन्दराञ्चल      कार्तिक २५, २०७९ मा प्रकाशित     
एक महिनामा ६३ हजार युवा रोजगारीका लागि विदेशिए

२५ कात्तिक, काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् ।

गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौयता यस्तो औसत संख्या करिब २ हजार ५ सय थियो ।

असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै मलेसिया गएका थिए । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका छन् ।

महामारीका कारण लामो समय बन्द रहेको मलेसियाको रोजगारी खुलेसँगै केही महिनादेखि त्यहाँबाट डिमान्ड बढेको छ । यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा बढी छ ।

असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।

असोज महिनामा ४४ हजार ३४ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत) मा विदेश जाने अवसर पाएका छन् । भदौमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ५७ हजार ९९३ थियो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap