५० हजार दिने प्रधानमन्त्रीको घोषणा बझाङ भूकम्पः पीडितलाई लाई


लेखक : सुन्दराञ्चल      अशोज १९, २०८० मा प्रकाशित     
५० हजार दिने प्रधानमन्त्रीको घोषणा बझाङ भूकम्पः पीडितलाई लाई

आश्विन १९, बझाङका, भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा समेत गरेका छन् । तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन् ।

यस्तै सरकारले राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए । उनले बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने परियोजना अघि बढाइएको बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap