४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला


लेखक : सुन्दराञ्चल      चैत्र ६, २०७८ मा प्रकाशित     
४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

६ चैत, किभ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरू पुरिएको जनाइएको छ ।

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ ।

युक्रेन युद्धले  उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने  युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap