धनगढीमा २६ वर्षीया डा, प्रसन्ना शाह मृत फेला


लेखक : सुन्दराञ्चल      जेष्ठ ५, २०८० मा प्रकाशित     
धनगढीमा २६ वर्षीया डा, प्रसन्ना शाह मृत फेला

जेष्ठ ५  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा। प्रसन्ना शाह मृत फेला परेकी छिन्। बिहिबार बिहान उनी आफ्नो घरमै मृत भेटिएकी थिइन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण नखुलेको उनले जानकारी दिए।

शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap