२२ वर्षीय छोराले बन्चरो प्रहार गरी ६८ वर्षीय बुबाको हत्या ,


लेखक : सुन्दराञ्चल      साउन १३, २०७९ मा प्रकाशित     
२२ वर्षीय छोराले बन्चरो प्रहार गरी  ६८ वर्षीय बुबाको  हत्या ,

साउन १३ बैतडीको डिलाशैनी गाउँपालिका–५ शेरामा छोराले बुबाको हत्या गरेका छन् । शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बन्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् ।

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका–५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए । ‘डिप्रेसनमा रहेका लोकराजले बुबालाई बञ्चरो प्रहार गरेका हुन्, टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने ।

लोकराजलाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap