होलीको दिन बिहानैदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ ..?


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०७८ मा प्रकाशित     
होलीको दिन बिहानैदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ ..?

 काठमाडौं ३ चैत । होलीको दिन बिहानैदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

होलीलाई मर्यादित र दुर्घटना रहित बनाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानमा चेकिङ गरेको छ । ट्राफिक प्रहरीहरुले मोटरसाइकल र स्कुटर चालकलाई बढी निगरानी गरेको देखिएको छ ।

होलीमा चेकिङ : मोटरसाइकल र स्कुटर चालक निगरानीमा – Online Khabar
काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीहरुले सवारी चालकले मापसे गरे/नगरेको र गाडीका कागजपत्र बोके/नबोकेको जाँच गरिरहेका छन् ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए

जिल्ला ट्राफिकद्वारा ४७ लाख बढी राजस्व संकलन | खबर कुञ्ज
आज बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउने र होलीको नाममा अभद्र व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap