हिमाल एकेडेमीको १३औ वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालएका संस्थापक विक्रम कुमार शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीको प्रमुख आतिथ्यतामा भएको थियो । वाषर््िाक उत्सवको अवसरमा विद्यालयले विभिन्न खेलकुद ,सांस्कृतीक प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा उत्कृट हुने र कक्षामा उत्कृष्टहुने छात्रा छत्रहरलाई पुरुष्कार प्रदान गरिएको थियो । हिमाल एकेडेमीले स्थापनाको १३ वर्ष पुरा गरि सकेको छ । आप्नै सुविधा सम्पन्न भवन खेलमैदान ,दक्ष तथा तालिम पा्रप्त शिक्षक भएको उक्त विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गदै आएको छ । कार्यक्रममा उपस्थीत अतिथी लगाएत लाई स्वागत तथा मायाको चिनो विद्यालयकी प्रिन्सिपल माया शर्माले गरेकी थिईन् । कार्यक्रममा स्टेपिङ वोडिङ स्कुलका प्रिन्सिपल रामजी हमाल लगाएतका अतिथीहरुको उपस्थीति रहेको थियो ।