स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित


लेखक : सुन्दराञ्चल      मंसिर १४, २०७९ मा प्रकाशित     
स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित

१४ मंसिर, काठमाडौं । स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित बनेको छ ।

मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरुले गएराति अबेरसम्म पनि कुनै निर्णय गर्न सकेनन् । बुधबार फेरी यसबारे छलफल गरेर निर्णय गर्ने आयोगको तयारी छ ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् । सबै प्रक्रिया टुंगिएको, मतदान अधिकृतले गडबड भएकोबारे कुनै मौखिक र लिखित सूचना नदिएको, निर्वाचन अधिकृतले मतपेटिका समेत बुझेको र त्यसरी बुझाउँदा प्रमुख दलका प्रतिनिधिहरुले रोहवरमा हस्ताक्षर समेत गरेको भन्दै कांग्रेस मतगणना शुरु गर्नुपर्ने पक्षमा छ ।
ज्ञापनपत्र बुझाउन निर्वाचन आयोग पुगेको नेपाली कांग्रेसको टोली । तस्वीर : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय

तर स्थलगत टोली पठाउने विषयमा आयोगका पदाधिकारीहरुविच नै राय बाझिएको अवस्थामा मतगणना गर्ने कि फेरी मतदान गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।

बाजुराको पनि अवस्था उस्तै हो । त्यहाँ बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ । त्यहाँ भने कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् । दुवै दलले फेरी मतदान हुनुपर्ने भनी तोकेका ठाउँहरु भने फरक–फरक छन् ।

मतदानमा भएको विवादका कारण दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो । दोलखाको हकमा फेरी मतदानको निर्णय भए पनि अरु दुई ठाउँको विवाद नटुंगिएको हो । दोलखामा भने भोलि (मंसिर १५ गते) पुनः मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले, निर्वाचन प्रक्रिया रोकिएका दुई क्षेत्रकै विषयमा आयोगको ध्यान केन्द्रित भएको र सकेसम्म छिटो निर्णय आउने बताए । उनले भने, ‘यी दुई विषयमा आयोगले प्राथमिकताका साथ काम गरिरहेको छ र निर्णय हुनासाथ थाहा हुन्छ ।’ अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap