पुष ११ धनगढी: स्टार सिटी युवा क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब एनआरएनए छैठौँ फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको पाचौं दिनभएका दुई क्वाटरफाईल खेलमा जित हातपार्दै स्टार सिटी र आयोजक फारवेष्ट सेमिफाईनलमा पुगेका हुन्।
धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा स्टार सिटी युवाक्लबले घोडाघोडी युवाक्लब सुखखडलाई १–० ले हराउँदै अन्तिमचारमा पुगेको छ। स्टार सिटीका लागि क्षितिज भण्डारीले एक मात्रै निर्णायकगोल गरे। दोस्रो हाफको ७ मिनेटमा पाईएको पेनाल्टीलाई क्षितिजले गोल गरे। निर्णायक उनी खेलको म्यानअफ द म्याच समेत बने। उनले नगद ५ हजारसहित ट्रफी पाएका छन्।
प्रतियोगिता अन्तर्गत बुधवारदुई वटा क्वाटरफाईनलका खेल हुनेछन। तेस्रो क्वाटरफाईनलमा सुदुरपश्चिम ११ स्पोर्टस क्लबर र बिएस १५ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन्। चौथो क्वाटरफाईनलमा इलाईट युवा क्लब र नेपाल प्रहरी सुदुरपश्चिमप्रदेश खेल्नेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामाहुनेछ। पुस १४ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाखपाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यानअफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिमप्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजका एनआरएनए रहेको छ।