स्कुले किशोरीलाई घरमै लगेर बलात्कार, चक्कु देखाएर धम्क्याए,


लेखक : सुन्दराञ्चल      माघ २७, २०८१ मा प्रकाशित     
स्कुले किशोरीलाई घरमै लगेर बलात्कार, चक्कु देखाएर धम्क्याए,

धनगढी  माघ २७,सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा किशोरीलाई धाकधम्की दिएर जबरजस्तीकरणी गरेको घटना बाहिरिएको छ ।

बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीमा बस्दै आएकी ती किशोरीमाथि बिहीबार साँझ जबरजस्तीकरणी गरिएको थियो । प्रहरीकाअनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका थिए ।

ok

त्यसपछि उनी धनगढी उपमहानगरपालिका–२ नै बस्ने १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए ।

किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित किशोरी धनगढीमा कक्षा ७ मा अध्ययन गर्दै आएकी थिइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap