सेयर कारोबार सम्बन्धी एक दिने सचेतना कार्यक्रम धनगढीमा सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०८० मा प्रकाशित     
सेयर कारोबार सम्बन्धी एक दिने सचेतना कार्यक्रम धनगढीमा सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी फागुन ५ धनगढीमा सेयर कारोबार सम्बन्धी भिजन सेक्युरिटिज प्रालि स्टक ब्रोकर नं। ३४ ले सुदूरपश्चिम प्रदेशको धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धि गर्ने उद्येश्यले एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिबार धनगढीमा एक कार्यक्रम गरी निशुल्क रुपमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।
सोही कार्यक्रम प्रमुख अतिथि प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बाहादुर शाहीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम भएको कार्यक्रमको समुदघाटन गर्दै मन्त्री शाहीले देशको समृद्धिका लागि सेयर कारोबारमा आम नागरिकको लगानी आवश्यक रहेको बताए । उनले देशको आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधारणहरुको लगानी जरुरी रहेको बताए । उनले भने –‘नयाँ उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, पर्यापर्यटन लगायतमा लगानी भएमा देशको आर्थिक समृद्धि सम्भव रहने छ ।’

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सचेतना कार्यक्रम गरिएको जनाएको छ । दोस्रो बजारमा कारोवार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्था, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा अनलाइन कारोबारसम्वन्धी व्यवस्थालगायतका विषयमा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।
उनले धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषणलगायतका बारेमा सहभागीलाई सेयरबजारबिज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिए ।

कार्यक्रममा सहभागिलाई निशुल्क प्रवेश रहेको थियो भने सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी थिए । धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरुलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको उनको भनाई छ ।

भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । कार्यक्रममा व्यवसाय कर्ता, शिक्षक, बिद्यार्थी, पत्रकार बिभिन्न क्यामपसका क्याम्पस प्रमुख शिक्षा बिद,अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap