यहि साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले मंसीर ४ गते देश भरी संघ र प्रदेशको एकै चरणमा चुनाब गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशको क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसकी नेतृ तथा केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवा चुनाब लड्ने निश्चित भएको नेपाली काँग्रेसका नेता तथा धनगढी उपमहानगका नगर सभापती यज्ञराज उपाध्यायले बताए । नेपाली कांग्रेसबाट ५ को उहाँ साझा उम्मेद्वार भएको बताए ।
२०७४ सालको निर्वाचनमा डाक्टर आरजु राणा देउवा नेपाली काँग्रेसबाट यसै क्षेत्रमा निर्वाचन लेडेकी थिइन् । उनले विगत ५ बर्षमा चुनाब हारेर पनि कैलालीमा धेरै कामहरु गरेकी छिन् । उहाँको पहलमा मोहना, खुटिया र कर्णाली नदीमा अरबौंको बजेटमा तटबन्धन हाल्ने काम भएको छ’ , ‘उहाँ चुनाब हारेर पनि निर्वाचित सांसद भन्दा कयौं राम्रा काम गरेका छन । यदि उहाँलाई जितायौ भने कैलालीमा विकासको लहर आउछ एक नेताले भने ।’
डाक्टर राणाले कोरोना महामारीको समयमा धनगढी उपमहानगरपालीकाका सम्पूर्ण स्वास्थ्य चौकी, सेती प्रादेशिक अस्पताल, टीकापुर, लम्की, चौमाला, मालाखेती अस्पताललाई स्वास्थ्य सामाग्रीहरु निशुल्क वितरण गरेको , पत्रकारलाइ स्वास्थ्य सामग्री वितरण ,कोभिड–१९ बाट प्रभावित विपन्न गरीब परिवारका एक हजार ३६१ जना गर्भवति, सुत्केरी आमाहरुलाई ३४ लाख बराबरको पोषणयुक्त खाना, क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित जनतालाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री, कोरोनाको समयमा गौरीफन्टानाका बाट नेपाल प्रवेश गर्ने जनतालाई दुई लाख बराबरको खाना, पानी र स्वास्थ्य सामाग्री, कैलाली क्षेत्र नम्बर ५ का गरीब परिवारका ३०० जनालाई चार लाख ५० हजार बराबरको न्यानो लुगा, विपन्न वर्गका १५० जना बालबालीकाहरुलाई नगद र शैक्षिक सामाग्री, क्वारेन्टाइन अस्पतालमा एक लाख बराबरका २५ ओटा पंखा निशुल्क वितरण गरेकी थिइन् । ’
‘डाक्टर राणाले कैलालीका विपन्न, गरीव, जनजाति र महिलाहरुका लागी पनि धेरै काम गरेकी छिन्’ एक महिने सुरक्षित रक्तदान कार्यक्रम संचालन गरेर ३५० प्वाइन्ट रगत संकलन गरी सहयोग, महिलाहरुको पाठेघरको समस्या सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर संचालन गरेर २९७ जना महिलाहरुको उपचार, हावाहुरीबाट प्रभाबित विपन्न, गरीब समुदायका ७० घरधुरीलाई चार लाख बराबरका जस्तापाता वितरण, तथा गरीब, विपन्न समुदायका ५०० जना विद्यार्थीहरुलाई निशुल्क झोला वितरण गरिन् । सांसद नहुँदा पनि यति धेरै काम गरेकाले उहाँलाई यसपटक जिताएमा कैलाली र सुपको समेत समग्र विकास हुने र जनताका समस्या समाधान हुने एक बताइएको छ ।