सूर्यमुखी फूलको खेती गरेका एक किसान परिवारले तीन हप्तामै एक लाख २६ हजार बढी आम्दानी


लेखक : सुन्दराञ्चल      चैत्र २१, २०७८ मा प्रकाशित     
सूर्यमुखी फूलको खेती गरेका एक किसान परिवारले तीन हप्तामै एक लाख २६ हजार बढी आम्दानी

दाङ, चैत २०  दाङको घोराहीमा सूर्यमुखी फूलको खेती गरेका एक किसान परिवारले तीन हप्तामै एक लाख २६ हजार बढी आम्दानी गरेका छन्।

घोराही उपमहानगरपालिका-८ स्यानी गाउँमा शोभा चौधरीले आफ्नै साढे ७ कठ्ठा बारीमा लगाएको सूर्यमुखी फूलको खेती भाइरल भएपछि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकेकी थिइन्।

चौधरी परिवारले तेलको लागि सूर्यमुखी फूलको खेती गरेको थियो। तर टिकटक प्रयोगकर्ताको भीड लाग्न थालेपछि चौधरी परिवारले चैत पहिलो हप्ताबाट प्रवेश शुल्क निर्धारण गरी पैसा उठाउन थालेको थियो। शनिबारबाट भने शुल्क लिन छोडिएको हो।

‘अब फूल सुकिसकेको छ,’ शोभाले भनिन्, ‘तर मानिसहरू अझै फूल भित्रको कालो दानाको फोटो खिच्न र भिडिओ बनाउन आइरहन्छन्।’

फूल सुकेको कारण पैसा लिन छाडेको शोभाले बताइन्। यस्तै भिडिओ खिच्न आउनेहरूलाई पनि क्षति नगर्न सम्झाइबुझाइ मात्रै भित्र  जान दिने गरेको उनले बताइन्।

‘हामीले तेलको लागि सूर्यमुखीको खेती गरेका थियौं,’ शोभाले भनिन्, ‘यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।टिकटक र फेसबुक प्रयोगकर्ताका कारण हाम्रो फूलखेती रातारात भाइरल भयो।’

प्रवेश शुल्कबाट अघिल्लो शनिबार एकैदिन ३२ हजार रकम संकलन भएको शोभाले जानकारी दिइन्। तीन हप्ताको अवधिमा सबैगरी एक लाख २६ हजार नगद प्रवेश शुल्कबाट संकलन भएको उनले बताइन्।

तेल बेचेर प्राप्त हुने मूल्य भन्दा कयौं गुणा बढी नगद प्रवेश शुल्कबाटै संकलन भएपछि चौधरी परिवार यतिखेर दंग छ।

थामी नसक्नु भीड लाग्न थालेपछि आउनेहरूकै सल्लाह सुझावमा आफूहरूले प्रवेश शुल्क लिन सुरू गरेकी थिइन्।

गत मंसिर पहिलो हप्ता लमहीस्थित कृषि ज्ञान केन्द्रको सहयोगमा प्रति केजी एक हजारका दरले साढे ३ केजी बिउ खरिद गरी चौधरी परिवारले स्यानी गाउँमा सूर्यमुखीको खेती गरेको थियो। सेतोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap