सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड


लेखक : सुन्दराञ्चल      कार्तिक ११, २०८१ मा प्रकाशित     
सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

कार्तिक ११,  साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो ।यसअघि कात्तिक ७ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि शुक्रबार भने छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला २ हजार ७० रुपैयाँ कायम रहेको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै पछिल्लो समय नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap