सुदूरपश्चिमलाई पर्यटनबाट समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री शाह


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८० मा प्रकाशित     
सुदूरपश्चिमलाई पर्यटनबाट समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री शाह

धनगढी चैत्र ५ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई पर्यटनबाट समृद्ध बनाउन सकिने बताएका छन् । कैलालीको धनगढीमा सोमबार वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक्भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन तथा चर्चा गर्दै उनले सुदूरपश्चिमलाई पर्यटनको क्षेत्रबाट अगाडि बढाउन सरकार लागिरहेको समेत बताए । उनले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको जिकिर गरे । ‘हामीले पर्यटन क्षेत्रमा जति गर्न सक्नुपर्ने थियो त्यति गर्न सकेका छैनौँ ’ उनले भने ।

पुस्तकले सुदूरपश्चिमलाई चिनाउने प्रयास गरेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले पुस्तका रहेको कल्पनालाई यथार्थमा बदल्न आवश्यक रहेको समेत बताएका थिए । ‘धार्मिक पर्यटनको विकास जोड्न सक्दा ठुलो जनसङ्ख्या रहेको भूमिका जनतालाई यहाँ भित्राउन सक्नुपर्छ । खप्तड आध्यात्मिक सम्मेलन सम्पन्न गरेका छौँ ’ उनले भने, ‘हामीले सुरुवात गरेका छौँ ।यसलाई निरन्तरता दिन आवश्यक रहेको छ । ’

मुख्यमन्त्री शाहले भारतीय पर्यटकहरूलाई कुनै समस्या हुन नदिने र सुरक्षाको प्रत्याभूति समेत गराइने दाबी गरे । पुस्तक चर्चा चैतन्य पाठशालामा आयोजना गरिएको थियो । पाठशालाका संचालक गणेश जोशीले पुस्तकले सुदूरपश्चिमको यथार्थता झल्काएको बताए । पुस्तकका लेखक वेद उप्रेतीले १० वर्ष लगाएर तयार पुस्तक तयार गरिएको जानकारी दिएका थिए । पुस्तकका सुदूरपश्चिमको सम्भावना सचित्र वर्णन गरिएको उनले बताए ।

‘प्रत्येक जिल्लामा एउटा एउटा महत्वका विषयमा बनाउन सकिन्छ सुदूरपश्चिमलाई समृद्ध बनाउने सपना देखिएको छ ’ पुस्तकमा उनले भने । उनले तीनै तहको सरकारले सुदूरपश्चिम प्रदेशको संवृद्धि र विकासमा जुट्न आग्रह गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पर्यटकहरूलाई सबै भन्दा पहिले सुरक्षा आवश्यक रहेको बताए । उनले पर्यटन विकासको लागि रात्रि कालिक बजार सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्र.डा.हेमराज पन्तले पर्यटन विकासको लागि भारतीय क्षेत्रका नागरिकहरूलाई जोड दिनुपर्ने सुझाव दिए । ‘पर्यटनको ठुलो सम्भावना रहेको छ । बडिमालिकाले यहाँ धेरै मान्छेलाई पाल्न सक्छ ’ उनले भने ‘यो पुस्तकले सुदूरपश्चिमको विकासको लागि पनि ठुलो भूमिका खेल्न सक्छ ।’ पुस्तकमार्फत सुदूरपश्चिम समग्र विकासका लागि भावी योजना निर्माण, अध्ययन अनुसन्धान तथा भव्य सम्भावना बोकेको क्षेत्र हो भनेर चिनाउने प्रयास गरेको लेखक उप्रेतीको भनाइ छ । पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्बिरसहितका विवरण प्रस्तुत गरिएका छन्। १२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ रङ्गिन तस्बिर समावेश छन्। पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा भव्य रहेको चित्रण गरिएको छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap