सुदूरपश्चिममा ५ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०८० मा प्रकाशित     
सुदूरपश्चिममा ५ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने

फागुन १० धनगढी , सुदूरपश्चिम प्रदेशमा ५ लाख २३ हजार ८ सय ३९ जना बालबालिकालाई रुबेला–दादुरा खोप लगाइने भएको छ ।
नौ महिनादेखि ५ बर्षमुनिका २ लाख ९ हजार ७ सय ५५ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका ३ लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन लागिएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा।जगदिश जोशीले जानकारी दिए ।

बिहीबार स्वास्थ्य निर्देशनालय डोटीले धनगढीमा आयोजना गरेको दादुरा–रुबेला खोप अभियानका बारेमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा खोप अभियानको बारे प्रस्तुतिकरण राख्दै निर्देशक जोशीले खोप अभियानमा ६ हजार ७ सय ६४ जना स्वास्थ्यकर्मी खटिने बताए ।

त्यस्तै खोप अभियानमा प्रदेशभरी ८ हजार ३ सय ४० जना स्वयंसेवक रहने तथा ३ हजार ३ सय ८२ वटा खोप सेशन रहने उनले बताए । प्रदेशका पहाडी जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाइने बताउँदै उनले कैलाली र कञ्चनपुरमा १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने बताए ।

खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन गरिने निर्देशक जोशीको भनाइ थियो । हाल सुदूरपश्चिम प्रदेशमा १ सय १५ जना दादुराका बिरामी रहेको उनले बताए । जसमध्ये कैलालीमा ५९,बाजुरामा १८ र कञ्चनपुरामा ३८ जना विरामी रहेको उनले बताए । सरकारको सन् २०२६ सम्म दादुरा उन्मुलन गर्ने लक्ष्य रहेको उनले बताए । खोप अभियानमा सरोकारवालहरुले सहभागी भइदिन पनि उनले आग्रह गरे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap