सुदूरपश्चिममा भूकम्पको धक्का,


लेखक : सुन्दराञ्चल      अशोज १६, २०८० मा प्रकाशित     
सुदूरपश्चिममा भूकम्पको धक्का,

असोज १६, सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो । केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।

यस्तै ३स्५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ । भूकम्पविद् मुकुन्द भट्टराईलेका अनुसार, सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको उनले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap