सुदूरपश्चिममा तीन हजार सात सय एचआइभी संक्रमित


लेखक : सुन्दराञ्चल      मंसिर १५, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा तीन हजार सात सय एचआइभी संक्रमित

धनगढी मंसिर  १५ ,सुदूरपश्चिममा तीन हजार सात सय २३ जना एचआइभी संक्रमित एआरटी उपचारमा रहेका छन् । कुल चार हजार नौ जना संक्रमितमध्ये हाल उक्त संख्याका संक्रमित उपचारमा रहेका हुन् ।

३७ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय डोटीले आज धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिममा एचआइभीको अवस्थाबारे तथ्यांक प्रस्तुत गरेको छ ।गत आवसम्म कैलालीमा एक हजार सात सय ४५,कञ्चनपुरमा चार स य ६०,अछाममा पाँच सय ८४,डोटीमा चार सय ९३,डडेल्धुरामा एक सय १५,बैतडीमा एक सय २८,दार्चुलामा ४५,बझाङमा ९१ र बाजुरामा ६२ जना एचआईभी संक्रमिति एआरटी उपचारमा रहेको जनाइएको छ ।

गत आवमा मात्रै २ सय १४ जनामा एचआइभी संक्रमण पुष्टि भएको र संक्रमिति सबै एआरटी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनमा गत आवमा संक्रमितको संख्या घटेको जनाइएको छ । त्यस्तै गत आवमा ६४ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. खगेन्द्र बमले संक्रमितको जीविकोपार्जनमा समेत ध्यान दिनु पर्ने बताए । उनले संक्रमितले काम नपाउने काम गर्न नसक्ने जस्ता कारणले समस्यामा रहेको बताए ।

संक्रमितले समाजमा अन्य मानिस सरह बाच्न पाउनु पर्ने बताए । एचआईभी निको नभएपनि व्यवस्थापन हुने उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले एचआइभी संक्रमितको संख्या घट्दै गएपनि यसको जोखिम अझै रहेको बताए । उनले योसामाजिक रोग पनि भएको बताए ।

सरकारले सन् २०३० सम्म नया संक्रमित,मृत्यु र संक्रमितलाई गरिने भेदभाव सून्यमा झार्ने लक्ष्य लिइएको जनाइएको छ । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चत गरोँ भन्ने नाराका साथ भोलि ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap