महादेव गिरी संवाददाता
धनगढी फागुन १६ , सुदूरपश्चिमको धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन हुने भएको छ।
कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आज फागुन १६ गते देखी ,२० गतेसम्म, सूचना प्रविधि प्रदर्शनी हुने भएको छ। धनगढीमा रहेको सोराइ ब्यांक्वेटमा प्रदर्शनीको तयारी गरिएको छ। भने
आज मंगलबार बिहान १० बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गरेको थियो ।
अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने,नयाँ नयाँ प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, नयाँ नयाँ सञ्चारमाध्यम बाट हुने यप्mस बारेमा जानकारी दिइने छ । भने साइबर सेक्युरिटी सम्बन्धी पनि जानकारी दिइने छ।