सुदूरपश्चिमका सांसद आफ्नै राजधानीमा घर भएर पनि घरभाडा लिन्छन…..?


लेखक : सुन्दराञ्चल      माघ २९, २०८० मा प्रकाशित     
सुदूरपश्चिमका सांसद आफ्नै राजधानीमा घर भएर पनि घरभाडा लिन्छन…..?

धनगढी  माघ २९,  राजधानीमै घर भएरपनि केही सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु घरभाडा लिइरहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार ३ जना प्रदेशसभा सदस्य बाहेक अरु सबैले घरभाडा लिइरहेका छन् । प्रदेश सभा पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनमा भनिएको छ –‘सभामुख र उपसभामुख बाहेकका अन्य पदाधिकारी तथा सदस्यले प्रदेश राजधानीमा आफनो घर नभएमा आवास सुविधा तथा फर्निचर वापत रकम पाउने छन् ।’ तर, धनगढीमै घर भएर पनि प्रदेश सभा सदस्यहरुले घर भाडावापतको रकम लिइरहेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आफनै घरमा बस्दै आएका छन् । कैलाली क्षेत्र नम्बर ४ ९२० बाट निर्वाचित बमले धनगढीमै घर भएपनि घर भाडा लिने गरेका छन् । उनले मासिक १७ हजार घर भाडा लिने गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेपाली काँग्रेसबाटै समानुपातिक तर्फ निर्वाचित समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन डम्मरी महरा ९रक्षा० । उनको पनि धनगढीमै घर रहेको छ । तर, प्रदेश सभा सचिवालयले उपलब्ध गराएको विवरणमा उनले घर भाडा वापतको रकम लिने गरेको पाइएको छ ।

ऐनको आवास सम्बन्धि व्यवस्थाको ७ नम्बरमा भनिएको छ –‘नीजि घरमा बस्ने पदाधिकारी तथा सदस्यलाई आवास सुविधा दिइने छैन तर, नीजि आवास मर्मत सम्भार वापतको रकम दिइने छ ।’ सो अनुसार धनगढीमै घर भएका तीन प्रदेश सभा सदस्यहरुले वार्षिक घर मर्मत घर मर्मत खर्च लिएका छन् ।

ऐनको अनुसूचि १ बमोजिम प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी, नेकपा एमालेका धर्मराज पाठक र सन्तोषकुमारी शर्माले घर मर्मतबापत वार्षिक ३५ हजार बुझ्ने गरेका छन् । धनगढीमै घर भएका प्रदेश सभा सदस्यहरु मन्त्री र राज्यमन्त्री भएकाले उनीहरुले राज्यकोषबाट पाउने सुविधा लिइरहेका छन् । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा आफनै घरलाई आवास बनाएर बसेका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी मन्त्रालयको निवास प्रयोग गरिरहेका छन् । धनगढीमै घर भएकी सोही मन्त्रालयकी राज्यमन्त्री गितादेवी माल पनि हु्न् ।

प्रदेश सभा सचिवालयका अनुसार धनगढी घर नभएको भन्दै आएको निवेदनका आधारमा घर भाडावापतको खर्च उपलब्ध गराउँदै आएको छ । सूचना अधिकारी युवराज जैशीले भने –‘तीन प्रदेश सभा सदस्यबाहेक अन्यले घर नभएको भन्दै निवेदन दिएका छन् । अन्य सबैले घर भाडाबापतको रकम लिइरहेका छन् ।’ सरकारले प्रदेशको राजधानी धनगढीमा बाहिरका सांसदका लागि घर भाडा बापतको सुविधा रकम उपलब्ध गराउँदै आएको छ । प्रदेश सभा सदस्यहरुलाई मासिक १७ हजार, समिति सभापति, दलका नेतालाई १८ हजार, विपक्षी दलका नेतालाई २० हजारका दरले घर भाडा उपलब्ध गराउँदै आएको छ । यस अनुसार प्रदेशमा घर भाडा र घर मर्मतमा वार्षिक एक करोड बढी रकम प्रदेश सभा सदस्यहरुले गर्ने गरेको देखिन्छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap