सुदूरपश्चिम सरकारले मनायो धनगढीमा संविधान दिवस


लेखक : सुन्दराञ्चल      अशोज ३, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम सरकारले मनायो धनगढीमा संविधान दिवस

आश्विन ३, : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधान दिवश मनाईएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट प्रभातफेरि निकाल्दै दिवस मनाएको हो ।

प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरु, संघसंस्थाका पदाधीकारीहरु, विभिन्न झाँकी सहित प्रभातफेरिको आयोजना गरिएको थियो । प्रभातफेरि पछि प्रदेश प्रमुख नजीर मिँयाले आन्तरिक मामिला मन्त्रालयको परिषरमा झण्डोत्तलन गरेर संविधान दिवश समारोहको उद्घाटन गरेका थिए । झण्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

संविधान दिवश मुल समारोह समितिका अध्यक्ष तथा मुख्यमत्री कलमबहादुर शाहले अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताए । उनले संघ सरकारमा बसेकाहरुले प्रदेशका अधिकार प्रत्यायोजनमा चासो नलिएका कारण प्रदेशको विकासमा समस्या भईरहेको बताए ।

संविधान दिवश तथा राष्ट्रिय दिवश मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले संघले प्रदेशका अधिकार पूर्ण रुपमा प्रत्यायोजन नगर्दा सम्म जनताको अपेक्षा अनुसार काम गर्न नसकिने बताए । उनले सुदूरपश्चिमका जनताका विकासको तिब्र चाहना अनुसार सरकार काम गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेशका नागरिकको मुहारमा विकास र समृद्धीको सुख दिन हामीले अझै धेरै काम गर्न बाँकी छ । यसका लागि सबै पक्षका साथ र समर्थन लिदै जनअपेक्षिक काममा सरकार लाग्नेछ’ उनले भने ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संघर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।

‘नेपाली जनताले पटक पटक गर्दै आएको संघर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap