सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारी गैरजिम्मेवार भएको सत्तापक्षका सांसदको आरोप


लेखक : सुन्दराञ्चल      साउन १४, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारी गैरजिम्मेवार भएको सत्तापक्षका सांसदको आरोप

१४ साउन,सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार नभएको आभास भएको बताएका छन् । आइतबारको प्रदेश सभा बैठकमा बोल्ने सबै प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक छलेको आरोप लगाए ।

आइतबार कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्र सिंह रावल, माओवादी केन्द्रका शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकारको समीक्षा गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सुदूरपश्चिमका जनताले सरकारलाई खोज्दै गरेको बताए । उनले अझैसम्म पनि विपद्को सम्भावना रहेको बताएका थिए । उनले सुरुबाटै विपद् जोखिमको तयारी रहेको बताए ।

‘यत्रो ठूलो बाढीले धनजनको क्षति गर्दा पनि एउटा विज्ञप्ति समेत निकालेन यो भन्दा ठूलो लापरबाही अरू के हुन सक्छ’ उनले भने, ’विज्ञहरूले अझै भारी वर्ष हुने सम्भावना रहेको छ भन्छन् सरकारले पहिले देखिनै विपद् जोखिम न्यूनीकरणको लागि तयारी अवस्थामा रहन आवश्यक छ । ’

सांसद धामीले विपद्को लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहनु पर्ने बताएका थिए । ठुलो जोखिमको लागि हवाई उद्धारको लागि पनि सरकारले तयारी गर्नुपर्नेमा जोड दिएका थिए । अल्पमतमा परेको सरकारको नेतृत्व गरेर मुख्यमन्त्री सोडारीले प्रदेशलाई अझै अनिर्णयको बन्दी बनाएको आरोप लगाए । उनले नयाँ सरकारको लागि बाटो खोल्नको लागि राजीनामा दिन पनि सुझाव दिएका थिए ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बाढी प्रभावितहरूको अवस्था निकै दयनिय रहेको बताएका थिए । उनले १० जनाको मृत्यु भएको तर, सरकारले कुनै चासो नदिएको बताए । उनले भने, ‘सरकारले कुनै पनि तयारी गरेन । सरकारले राहत क्षतिपूर्ति र पुनर्स्थापनाको कुनै काम गरेन । सरकार मुख दर्शक भएर सत्ता जोगाउन लाग्यो । यसको जिम्मेवारी लिँदै राजीनामा दिनु पर्छ । ’
पहाडी क्षेत्रका सडकहरु अवरुद्ध भएको भन्दै सरकारले त्यसमा पनि चासो नदिएको बताए । उनले बाढीका कारण सिमा स्तम्भहरूमा समेत क्षति भएको भन्दै आगामी दिनमा सिमा समस्या आउन सक्ने बताए । सिङ्गो बस्ती डुब्दा पनि सरकारले पुनर्स्थापना गर्न नसकेको उनले बताए । विद्यालयहरू सञ्चालन हुन नसकेको भन्दै विद्यार्थीहरूलाई पढाइमा समस्या भइरहेको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले मुख्यमन्त्री सोडारीले संसद् छलिरहेको बताए । सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद् छलिरहेका छन् रु जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ भन्न सकिन्छ ?’

त्यस्तै, सांसद ओलीले अल्पमतको सरकारले कि त चाँडै विश्वासको मत लिनुपर्ने कि त, मार्ग प्रशस्त गर्नुपर्ने पनि विचार व्यक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परेर ठुला क्षति हुँदा पनि सरकारलाई कुनै चासो नभएको बताएका थिए । उनले मुख्यमन्त्रीलाई यस विषयमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै चासो नदिएको बताए ।

उनले कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका डुबानको क्षेत्र रहेको भन्दै त्यहाँका नागरिकहरूको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । उनले शिविरमा रहेका जनताको घरमा डोजर चलाएको भन्दै थप आक्रोश व्यक्त गरे । ‘भजनी र कैलाली ठुलो डुबान हुने क्षेत्र हो । बाढी पीडित भएका नागरिकहरू शिविरमा बसिरहनु भएको थियो त्यहाँका नागरिकहरूको समस्या समाधान गर्नु पर्ने सरकारले असारको महिनामा गैर जिम्मेवार तरिकाले डोजर चलाएको छ’, उनले भने, ‘यो निकै दुखत विषय हो । उहाँहरूको समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नु पर्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap