सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँलाई सम्मान


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँलाई सम्मान

धनगढी चैत्र ११,सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँलाई आइतबार एक कार्यक्रमकाबिच सम्मान गरिएको छ । प्रदेश प्रमुख कार्यालय अन्तर धार्मिक सद्भाव संघ, जिल्ला क्रिस्टियन समाज रुपन्देही र लुम्बिनी क्रिस्टियन समाजले प्रदेश प्रमुख मियालाई सम्मान गरेको हो । धार्मिक सद्भाव कायमा राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव संघ गठन गरिएको थियो ।
सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलाली पुगेको हो । सम्मान कार्यक्रममा प्रदेश प्रमुख नजीर मियाँले अतिबाद र आतंकवादको कुनै धर्म नहुने बताए ।

‘अतिवाद र आतंकवादको कुनै धर्म हुदैन । उनीहरु अवसरबादमा रमाउने गर्छन । त्यसैले धार्मीक सहिष्णुता आवश्यक पर्छ’ उनले भने । मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सदभाव संघ गठन भएको थियो । उनले हरेक धर्मावलम्बीबीचको सदभावका लागि यो संस्था गठन भएको बताए ।

‘धार्मिक द्वन्द्व खतरनाक हुन्छ । पछिल्लो समय धार्मिक अतिवाद हाबी भईरहेको छ । त्यसलाई न्यून पार्न र समाजलाई सहिष्णु बनाउन अन्तर धार्मिक सदभाव संघको जन्म भएको हो’ उनले भने । कार्यक्रममा विभिन्न धर्मालम्बीहरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा अन्तर धार्मिक सदभाव संघकी उपाध्यक्ष चन्दा थापामगरले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन भने रुपन्देहीबाट आएका सुरज थापा, सफर अली मिया, गणेश घिमिरे, पत्रका ऋषी आजाद, सोभाकर पौडेल लगायतले मुश्लीम समुदायबाट नेपालकै पहिलो प्रदेश प्रमुख बनेकोमा नजीर मियालाई बधाई दिएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap