सुदूरपश्चिम प्रदेश स्तरिय स्याउलेमा सारदा फुटबल लिग आज देखी सुरु


लेखक : सुन्दराञ्चल      माघ १६, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश स्तरिय  स्याउलेमा सारदा फुटबल लिग आज देखी सुरु

  माघ  १६: स्याउलेमा सारदा फुटबल लिग शुरु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा सारदा फुटबल लिग सुरु भएको हो । स्याउलेमा रहेको सारदा विद्या निकेतनको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रतियोगिताको उद्घाटन गरिन् । उद्घाटन गर्दै उनले आर्थिक अभाव र खेलको वातावरण नहुँदा सुदूरपश्चिममा खेलकुदको विकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । पछिल्लो समय खेलमा निकै रुची बढिरहेपनि राज्यको लगानी हुन नसकेको उनले बताइन् । नयाँ बजेट बनाउँदासम्म आफु मन्त्रालयमै रहे खेल क्षेत्रका लागी उचित बजेट बिनियोजन गर्ने उनले बताइन् ।
क्षेत्रमा विद्यालयस्तरिय फुटबलको विकास गर्ने उद्देश्य सहित फुटवल प्रतियोगिता आयोजना गरिएको सारदा विद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताए । प्रतियोगितामा ५ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले नगद ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उप–विजेताले नगद २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने उनले जानकारी दिए । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उदयमान खेलाडीले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र र प्लेयर अफ द म्याचले प्रत्येक खेलको ५ सय रुपयाँ नगद प्राप्त गर्ने विद्यालयका प्रबन्ध निर्देशक शाहीले बताए ।
प्रतियोगितालाई वाइवाई, निसर्ग हस्पिटल, ओसन पब्लिकेसन, इमेज होटल, ड्रिम लिकं धनगढी, श्रीपेच एजुकेशन, दिब्य कलेज, एस.पि.ए, मायामेट्रो हस्पिटल, रुटिन अफ सुदुरपश्चिम बन्द, गुरुकुल एकेडेमी, कामिक्षा डेरी, रोयल सुट हाउस, डि.टु क्याफे, श्री कलेज अफ म्यानेज्मेन्ट, बिनोद शाही लगायतले प्रायोजन गरेका छन् ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap