सुदूरपश्चिम प्रदेश सरकारको खर्च प्रगति झण्डै २० प्रतिशत मात्र…


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सरकारको खर्च प्रगति झण्डै २० प्रतिशत मात्र…

धनगढी २२ फागुन , सुदूरपश्चिम प्रदेश सरकारको खर्च प्रगति विवरण जम्मा २० प्रतिशत जति मात्रै रहेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन २० गते सम्म कुल बजेटको १९.९७ प्रतिशत खर्च भएको प्रदेश नियन्त्रक कार्यालयका प्रमुख यज्ञराज पाण्डेयले जानकारी दिए ।

चालु आर्थिक बर्षको फागुन सम्म चालु तर्फ ३०.८८ खर्च भएको छ । यस्तै पुँजीगत तर्फ २०.१५ प्रतिशत खर्च भएको विवरण लेखा नियन्त्रण कार्यालयसँग छ ।

कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको थियो । जस्मा चालु तर्फ १२ अर्ब ८५करोड ७४ लाख ०५ हजार र पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार मध्ये आर्थिक बर्षको अधिक समय सकिदा पनि खर्चको प्रगति विगतका बर्षहरुको जस्तै न्युन रहेको छ ।

चालु आर्थिक बर्षमा पनि यसै गतिमा बजेट खर्चको दर जाने हो भने असारे विकासको खर्च अधिक हुने संकेत देखिएको छ । आर्थिक बर्ष सकिनै लाग्दा मात्रै खर्च एक्कासी बढ्ने प्रवृति विगतका बर्षहरुमा पनि अधिक रहेको देखिन्छ ।

अधिकांश प्रदेश गौरवका आयोजनाहरु अलपत्र पर्नुमा सरकारकोे बजेट खर्च गर्ने शैलि पनि एक मुख्य भएको छ । हाल प्रदेशका अधिक विकास निर्माणका आयोजना बजेट अभावले समेत ठप्प भैरहदा प्रदेश सरकारको बजेट खर्चको दर कुछुवाको गतिमा गएकाले प्रदेश भरिकै विकासका कार्य पनि सुस्त गतिमा छन् भन्ने संकेत गर्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap