सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे)अधिवेशन अन्त्य


लेखक : सुन्दराञ्चल      अशोज २५, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे)अधिवेशन अन्त्य

धनगढी २५ असोज, सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे) अधिवेशन बिहिबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्रलाई सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा वाचन गरेर सुनाएका थिए ।
प्रदेश सभाको यो अधिवेशन जेठ १३ गतेबाट सुरु भएको थियो । यस अधिवेशन अवधिभरि २४ दिनमा २८ वटा बैठक बस्यो । यो अधिवेशनबाट चार वटा विधेयक पारित गरिएको छ ।
यसैबिच, बिहीबारको प्रदेश सभा बैठकमा विशेष समयसमेत निर्धारण गरिएको थियो । विशेष समयमा नेकपा (माओवादी केन्द्र) का दलका नेता अक्कलबहादुर रावल, नेकपा (एमाले) का दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का दलका नेता प्रकाश रावल, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र ताराप्रसाद जोशीले आफ्नो धारणा राखेका थिए ।
उनीहरुले प्रदेश सरकारले सदनलाई बिजनेस दिन नसकेकोप्रति आपत्ति जनाउदै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सरकारको ढिलासुस्तीका कारण एक वर्षमा पर्याप्त कानुन बनाउन र सदन सञ्चालन हुन नसकेको उनीहरूको भनाइ थियो । जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि तदारुकताका साथ काम गर्न प्रदेश सरकारलाई उनीहरूको आग्रह थियो । यसैगरी, भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्नु पर्ने, अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई प्रदेश सरकारले सम्मान गर्नुपर्ने जोड दिएका हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap