महादेव गिरी संवाददाता
धनगढी १४ असोज, सुदूरश्चिमको राजधानी धनगढी बसपार्कमा राजधानी छोडेर घर जाने यात्रुहरुको एक पछि अर्को गर्दै धुइँचो लागेको छ । लाइनमा बसेर बिहान ५ बजे देखी बसपार्कमा लाइनमा बस्दा पनि टिकट को कुनै अत्तो पत्तो नभएको यात्रुहरुले बताउन्छन् ।
आफू दूइ दिन भयो बसपार्क आउन लागेको अझै पनि टिकट नपाउदा दशैमा कसरी घर जाने भन्ने चिन्ता भएको घर नपुगिने हो लागेको एक यात्रु दिब्य थापाले बताए ।
घुइँचो बसपार्क क्षेत्रमा दिनानु दिन बढेको छ । भने टिकट पाउने आशमा यात्रुहरु तँछाडमछाड गर्दै घण्टौं लाइनमा बसेका छन् । तै पनि टिकट पाउने टुंगो छैन । धनगढी बसपार्क देखी सुदूरपश्चिम सबै जिल्लामा बस छुट्दा पनि टिकटको भने कुनै टुंगो नभएको यात्रुहरु बताउन्छन् ।
धनगढी बसपार्क क्षेत्रमा आज बिहान मानिसहरु टिकट लिने लाइनमा थियो । बसपार्कमा धुइँचो धेरै थियो तर यात्रुहरुले भने टिकट पाउने आसै आसले घाम पसिना नभनेर लाइन लाग्ने गरेको यात्रु दया शार्कीले बताए