सुदूपश्चिमको बाजुरा जिल्लामा एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा,


लेखक : सुन्दराञ्चल      असार १३, २०७९ मा प्रकाशित     
सुदूपश्चिमको बाजुरा जिल्लामा एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा,

महादेव गिरी

बाजुरा असार १३ , सुदूपश्चिमको बाजुरा जिल्लामा एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । भने

सानो पानी आउँदा पनि भासिन्छ जमिन, पहाडी जिल्लामा डरैडर – Online Khabarबुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो जोखिममा छन् । सोही नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिए । भने

जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीनवटा गाउँ उच्च जोखिममा रहेका छन् । त्यस्तै, स्वामीकार्तिक गाउँपालिकाका नौ गाउँ जोखिममा छन् । वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको सोही गाउँपालिकाले जानकारी दिए । तेस्तै

पहिरोको जोखिमका बिच बाजुरामा बिधुत प्राधिकरणको सब सबस्टेशन बन्दै -  बडिमालिका खबर

हिमाली गाउँपालिकाका पाँचवटा गाउँ जोखिममा छन् । बडिमालिका नगरपालिकाका तिपाडा, वलेना, जडाँङ्गा ,राप्का, बाउली, गडखेत, भौनेरा, घागर, र चुथी गाँउहरु जोखिममा रहेका छन्, । मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा प्रभावित छन् । गौमुल गाउँपालिकाका २१ गाउँका तीन सय ३२ परिवार उच्च जोखिम छन् । तेस्तै

त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवारलाई अन्यत्र सारिनुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिका–१ विशाल बजारका एक सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटकका दुई सय ७२ घरधुरी, वडा नम्बर ४ को पीपलसैन राउतेलाका एक सय ५७ घरधुरी, वडा ५ किम्नीका दुई सय १७ घरधुरी जोखिममा छन् । भने

मुसलधारे वर्षाले विपद्- समाचार - कान्तिपुर समाचार

बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा छन् । खप्तड छेडेदह गाउँपालिकाका १४ गाउँका तीन सय ३२ परिवार जोखिममा छन् । गाउँपालिकाका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला ,माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

बाजुरामा १६ सय घर बाढीपहिरोको चपेटामा- सुदूरपश्चिम - कान्तिपुर समाचार

वर्षा सुरु भएसँगै अहिले सबै गाउँ पहिरोको उच्च जोखिममा छन् । हिउँदको समयमा कम पानी पर्ने हुँदा बसोवास भइरहे पनि वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढ्दा स्थानीयलाई कहाँ जाउ के, गरौं के खाने कता बस्ने स्थानियलाइ हुन्छ । खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनि समस्या हुने गरेको छ । जिल्लामा धेरै परिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ । वर्षात् मा अधिकांश परिवारले घर छाड्ने गरे पनि स्थानीयलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुन सकिरहेको छैन स्थानियले बताए ।

बाढी पहिरोको जोखिम : एक भूसंरक्षण अधिकृतको अनुभव – Online Khabar

प्रतिकार्य योजनामा ती गाउँ अन्य ठाउँमा स्थानान्तरण गरिनुपर्ने जनाइएको छ । गाउँगाउँमा डोजरमार्फत सडक खन्दा बाढीपहिरोको जोखिम निम्तिने गरेको छ । विपद् जोखिम कम गर्न र विपद् आइसकेपछि उद्धारलगायतका कार्यका लागि सबै निकायलाई निर्देशन दिइएको, सेना र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताए ।

पहाडी जिल्लामा पहिरोको उच्च जोखिम - बडिमालिका खबर

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap