सिसिएस प्लस टु’ बी, त्रिनगर, होलिल्याण्ड र एलायन्स स्कुल‘सिसिएस प्लस टु’ कप को सेमिफाइनल प्रवेश


लेखक : सुन्दराञ्चल      माघ १७, २०८० मा प्रकाशित     
सिसिएस प्लस टु’ बी, त्रिनगर, होलिल्याण्ड र एलायन्स स्कुल‘सिसिएस प्लस टु’ कप को सेमिफाइनल प्रवेश

धनगढी माघ १७, धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको सेमि फाइनल समिकरण पुरा भएको छ । बुधबार क्वाटर फाइनलका ४ खेल सकिए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
सेमि फाइनल पुग्नेमा सिसिएस प्लस टु’ बी, त्रिनगर माध्यमिक बिद्यालय, होलिल्याण्ड इङ्लिस स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी रहेका छन् । धनगढी रगंशालामा सम्पन्न ४ क्वाटर फाइनल अन्तरर्गतका खेलबाट सो टिम सेमि फाइनल प्रवेश गरेका हुन् । सेमि फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेल अन्तर्गत सिसिएस प्लस टु’ बी ले धनगढीको वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको छ ।

वेस्टर्न क्रिस्टल एकेडेमी भने क्वाटर फाइनल बाटै बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको लोटस आई बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । यस संर्ग ला्टस आई प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै भएको तेश्रो खेल अन्तर्गत होलिल्याण्ड बोर्डिङ स्कुलले धनगढी नमुना माध्यमिक बिद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । होलिल्याण्डको सेमि फाइनल यात्रा संगै धनगढी नमुना माध्यमिक बिद्यालय क्वाटर फाइनलबाट बाहिरिएको छ । आजै सम्पन्न अन्तिम चौथो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुलले धनगढीकै सरस्वती माध्यमिक बिद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो सेमि फाइनल यात्रा तर गरेको छ । आजको खेलमा पराजित भए संगै सरस्वती माबीको सेमि फाइनल यात्रा रोकिएको हो ।

Open photo

सेमि फाइनल चरणका २ खेल १८ गते बिहिबार हुने छन् । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap