सामुदायिक स्कुलहरूमा नयाँ शैक्षिकसत्रदेखि विद्यार्थीलाई एकै प्रकारको पोसाक


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०८० मा प्रकाशित     
सामुदायिक स्कुलहरूमा नयाँ शैक्षिकसत्रदेखि विद्यार्थीलाई एकै प्रकारको पोसाक

चैत  ९ धनगढी  ,कैलालीको धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा रहेका सामुदायिक स्कुलहरूमा अध्ययनरत विद्यार्थीहरूलाई एकै प्रकारको पोसाक लागू गरिने भएको छ । उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक स्कुलहरूमा आगामी शैक्षिक सत्रदेखि एकै प्रकारको पोसाक लागू गरिने भएको हो ।

उपमहानगरपालिकाले सामुदायिक स्कुलहरूमा आगामी शैक्षिक सत्र अर्थात् २०८१ साल बैशाखदेखि एकै प्रकारको पोशाक लागू गर्ने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । यस क्रममा केही विद्यालयहरूसँग उपमहानगरपालिकाले “ड्रेस कोड” सम्बन्धी सम्झौता समेत गरिसकेको छ । बिहीबार उपमहनगरपालिका र धनगढी–५ स्थित पञ्चोदय माध्यामिक विद्यालयबीच “ड्रेस कोड” सम्बन्धी सम्झौता भयो । सम्झौतापत्रमा नगर प्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले हस्ताक्षर गरेका थिए ।

उपमहानगरपालिकाले सामुदायिक स्कुलहरूमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि आकाशे नीलो रंगको कमिज वा कुर्ता, गाढा नीलो रंगको पाईन्ट वा सुरुवाल, गाढा निलो रंगको टाई, छालाको कालो जुत्ता र कपडाको सेतो जुत्ता, जाडो मौसममा भी–गलाको स्वेटर वा गाढा निलो रंगको कोट, गाढा नीलो रंगको बेल्ट र छात्राका लागि सेतो रिवन, ऊनको टोपी सहितको डे«स कोड निर्धारण गरेको छ ।

नयाँ पोशाकको नियम लागू भएपछि विपन्न परिवारका विद्यार्थी÷अभिभावकहरूमाथि आर्थिक बोझ थपिने गुनासोबीच नगर प्रमुख हमालले “मेयर शैक्षिक कोष” स्थापना गरिने आश्वासन दिए । उनले भने– विपन्न परिवारका बालबालिकालाई दृष्टिगत गरी हामीले ‘मेयर शैक्षिक कोष’ स्थापना गर्दै छौ । सो कोषमार्फत विपन्न परिवारका बालबालिकाका लागि नयाँ पोशाकको व्यवस्था गर्ने सोच बनाएका छौ ।

नगर प्रमुख हमालले “जहिले पनि केही पनि गर्न सकिँदैन भनेर पन्छिनुभन्दा सिमित स्रोतसाधनको अधिकतम प्रयोग गरेर अघि बढ्न अनुरोध” गरे । उनले भने– आगामी शैक्षिक सत्रमा नयाँ पोशाक लागू भएपछि त्यसको अनुभवका आधारमा र केही समस्या सिर्जना भएमा सम्झौता परिमार्जन गरिने छ । सामुदायिक विद्यालयहरूमा नयाँ पोशाक लागू गर्नेसम्बन्धीे सम्झौता भएसँगै उपमहानगरपालिकाले सामुदायिक विद्यालयबीचको कार्यसम्पादन सम्झौता पनि गरेको छ ।

विद्यालयबीचको कार्यसम्पादन सम्झौतामा “प्रत्येक विद्यालयले शैक्षिक क्यालेन्डर बनाएर अध्यापन गर्नुपर्ने, शैक्षिक सत्रको पहिलो सातालाई भर्ना सप्ताहका रुपमा मनाउने, वित्तीय अनुशासन, भौतिक ब्यवस्थापन, मानव शंसाधन तथा ब्यवस्थापन, शैक्षिक पेशागत विकास, विद्यार्थी मूल्यांकन, पृष्ठपोषण तथा अभिलेखीकरण, शैक्षिक तथ्यांक ब्यवस्थापनमा उत्कृष्ट विद्यालयलाई मूल्यांकनका आधारमा पुरस्कृत गर्ने” उल्लेख छ ।No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap