सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर अन्तिमा टिकट भने पाएनन्,


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर अन्तिमा टिकट भने पाएनन्,

काठमाडौं १३ वैशाख,  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले उम्मेद्वारी दिनेबेलामा टिकट भने पाएनन् ।

भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका थिए ।

कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि उनले सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका थिए ।

तर कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनायो ।

कांग्रेसले टिकट नदिएपछि उम्मेद्वार नै नबनेका उनले  कुरा गर्दै राजनीति सम्भावना खेल मात्रैको बुझेको बताए ।

भुसालले भने ‘राजनीति भनेको निश्चित हुँदैन रहेछ, सम्भावनाको मात्रै खेल हुने रहेछ । एउटा प्रतिस्पर्धा थियो, अरुले नै बाजी मार्नुभयो । यो विषयमा म अहिले थप केहि भन्दिन ।’

मेयरमा शशांकको ‘ग्रीन सिग्नल’, उपसचिवबाट राजीनामा

उनले टिकट दिने नदिने विषय पार्टीको भएको भन्दै एउटा नेताले मात्रै नदिएको, दिएको भनेर टिप्पणी नगर्ने बताए । ‘म निरन्तर राजनीति मै हुन्छु होला, कांग्रेसबाट नै राजनीतिमा सक्रिय हुन्छु कि । आजलाई यति मात्रै बोल्छु,’ भुसालले भने ।

२५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap