सानैमा आमा गुमाएकी दुर्गाको चट्याङ बन्यो काल दैलो टेक्न नपाउदै उनको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ९, २०८१ मा प्रकाशित     
सानैमा आमा गुमाएकी दुर्गाको चट्याङ बन्यो काल दैलो टेक्न नपाउदै उनको मृत्यु

धनगढी भदौ ९,कैलालीको गोदावरी नगरपालिकाको अत्तरियाबाट पहाड घर गएकी डोटीको जोरायल ६ गुनड ९९पत्तिर० की १८ बर्षकी दुर्गा साँउद घरको दैलो टेक्न नपाउदै उनको मृत्यु भएको छ । उनको चट्याङ लागेर शनिबार मृत्यु भएको हो । आफ्ना दाइसंगै पहाड डोटीको घर पुगेकी दुर्गा घरमा पुग्दा पानी धेरै परेको थियो ।

घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले उनी गम्भीर घाइते भइन । उनको बाँच्न सक्ने अवस्था नभए पनि घरपरिवारले ज्यान बचाउने आशामा शनिबार राती नै उपचारका लागि धनगढी पुगाएका थिए ।

अस्पताल पुगाए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् उनलाई चिकित्सकले मृत घोषणा गरेको परिवारले जनाएको छ । उनी गोदाबरी नगरपालिकाको लालपुरमा तराईको घरमा बसेर हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेकी थिईन् । सानैमा आमा गुमाएकी उनीका ४ दाई थिए । उनका दाईले हेल्थ असिस्टेन्ट पढाईरहेका थिए । उनी गौरा मनाउन आफ्नौ पुर्खेउली घर जोरायलको गुनड गएकी थिईन् । साँउद शनिबार मात्रै अत्तरियाबाट पहाड घर गएकी थिईन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap