सांसद चन्द्र भण्डारीकी आमा को उपचारका क्रममा निधन


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०७९ मा प्रकाशित     
सांसद चन्द्र भण्डारीकी आमा को उपचारका क्रममा निधन

काठमाडौं- ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ।

बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा निजिना ताम्राकारले पुष्टि गरिन्।

अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो। उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हाव र धुँवाका कारणले जलन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। हरिकला ८६ वर्षकी थिइन्।

सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap