सवारी चालक लाइसेन्स चाडै दिने व्यवस्था गर्दैछौं यातायातमन्त्री नारायणकाजी श्रेष्ठ


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०७९ मा प्रकाशित     
सवारी चालक लाइसेन्स  चाडै  दिने व्यवस्था गर्दैछौं  यातायातमन्त्री नारायणकाजी श्रेष्ठ

१३ चैत,  । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने बताए ।

उनका अनुसार अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भएपनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए । ‘दिनको २ हजार लाइन्सेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ,’ उनले भने, ‘अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ ।’

अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको भन्दै उनले त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताए । यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरु बाधा बनेको उनले बताए ।

समस्या सल्टाउन ७–८ महिना लाग्छ,’ उनल भने, ‘त्यसपछि बढीमा ७ दिनभित्र नै लाइसेन्स दिने व्यवस्था हुन्छ ।’

अहिले प्रक्रिया पुरा गरेपछि करिब २ वर्षसम्म पनि लाइसेन्स पाउने अवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap