भाद्र २७,सरकारले आधारभूत तहको शिक्षक बन्न कम्तीमा स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । सरकारले संसद्मा दर्ता गरेको शिक्षा विधेयकमा शिक्षकलाई आधारभूत र माध्यमिक तहमा श्रेणी विभाजन गरिएको छ ।हालसम्म प्राथमिक, निम्नमाध्यमिक र उच्च माध्यमिक तहको शिक्षक रहने व्यवस्था थियो । प्राविलाई कक्षा १०, निमाविलाई कक्षा १२ र मावि शिक्षकलाई स्नातक उत्तीर्ण गरेको हुनुपर्ने थियो । अब कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने व्यवस्था गरिएको छ ।
संविधानले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरे पनि कानुन अभावमा शिक्षक सेवा आयोगले पुरानै ऐनअनुसार प्रावि, निमावि र मावि तहका शिक्षक नियुक्त गर्दै आएको छ ।