सरकार एक पाटा भित्ता भत्केको भवनमा जोखिम गरेरपढ्छन् बालबालिका


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७९ मा प्रकाशित     
सरकार एक पाटा भित्ता भत्केको भवनमा जोखिम गरेरपढ्छन् बालबालिका

७ असोज, । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य र निस्शुल्क भनेको छ र माध्यामिक शिक्षालाई निशुल्क गर्ने भनेको छ ।तर कतिपय क्षेत्रका बालबालिकाले आधारभूत तहको शिक्षा पनि सजिलैसँग पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रका कतिपय विद्यालयका बालबालिका ज्यान जोखिममा राखेर पढ्न बाध्य छन् ।

स्थानीय तह, जिल्ला शिक्षा समन्वय इकाइको बेवास्ता जस्ता कारणले विद्यार्थीहरु आधारभूत तहकै पढाइमा सास्ती भोग्न बाध्य छन् ।विद्यालय जानेहरु पनि भवन नहुँदा प्लाष्टिकको पालमुनि, भत्किएका र जीर्ण भएका भवनमा र बाँसको टाटीमा पढ्न बाध्य छन् ।

बकैयामा शिक्षकले तार्छन् खोला

मकवानपुरको बकैया गाउँपालिका–१२ धेत्रे दमारस्थित कालाभैरव आधारभूत विद्यालयको भवनको एक पाटा भत्केको छ । ढुंगा माटोले बनेको र जस्ताको छाना भएको भवन ०७२ सालको भूकम्पले भत्काएको थिये ।

प्रधानाध्यापक चेतबहादुर घलेका अनुसार २०५३ सालमा प्लान नेपालले सिकाइ केन्द्र बनाएको भवन ०६१ सालमा सरकारको स्वामित्वमा आएपछि एक जना शिक्षक दरबन्दी दिएर पढाइ हुँदै आएको थियो ।

१ देखि ३ कक्षासम्म पढाइ हुने चार कोठे विद्यालयको भवन एउटा कक्षा काम नलाग्ने गरी भत्केको छ । अर्को एउटा कोठामा विद्यालयको प्रशासनिक काम हुन्छ, १ र २ कक्षाका विद्यार्थी एउटै कोठामा पढ्छन् भने अर्को कोठामा कक्षा ३ को पढाइ हुने गरेको प्रधानाध्यापक घलेले बताए । सामान्य पानी पर्दा पनि छानो चुहिन्छ ।

एक पाटा भित्ता भत्केको भवनमा जोखिम मोलेर पढाउनुपर्ने स्थिति छ । प्रधानाध्यापक घले भन्छन् ‘ज्यानकै जोखिममा राखेर बालबालिका पढाइरहेको छु । आधा भत्केको भवन कुनबेला भत्कन्छ भन्ने बाटोमा खोलाले बगाउला कि भन्ने ।’

बालबालिका बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् । विद्यालय पुग्न बीचमा सिमात खोला तर्नुपर्छ । वर्षायाममा त्यो खोला बढेर बालबालिकाले तर्नै सक्दैनन् ।

त्यसैले प्रधानाध्यापक घले खोला नपुगेसम्म विद्यार्थीहरु खोलावारि नै हुन्छन् । विद्यालयमा २७ जना विद्यार्थी भर्ना भएका छन् तर नियमित भने १९र२० जनासम्म आउने गरेको घलेले जानकारी दिए । अधिकांश विद्यार्थी खोलापारिबाटै आउँछन् । खोलापारिबाट आउने बालबालिकालाई आफू नआएसम्म खोला तर्ने प्रयास नगर्न भनेका छन् ।

उनी भन्छन्, ‘विद्यार्थीलाई म नआएसम्म खोला तर्ने प्रयास नगर्नू भनेको छु ।’ प्रधानाध्यापक घलेले विद्यालयका सहयोगी र व्यवस्थापन समितिका अध्यक्षतोका सहयोगमा बालबालिकालाई खोला तार्ने गरेका छन् ।

‘साना साना नानीहरु छन् । बाटैदेखि जोखिम मोलेर, जोखिममै बसेर पढ्न बाध्य छन् ।’ वर्षायाममा शिक्षक विद्यार्थी सँगै जाने र सँगै आउने गर्छन् । पढ्दा पढ्दै मौसम बिग्रयो भने दिउँसै विदा दिनुपर्ने अवस्था रहेको बताउँछन् ।

घले भन्छन् ‘ठूलो पानी पर्‍यो भने भवन भत्केर किचाउने डर त छँदैछ खोला तर्न नसकिएला भन्ने अर्को डर हुन्छ । त्यसैले हतार हतार विद्यालय बन्द गरेर विद्यार्थीलाई खोला पारी पुर्‍याउनुपर्छ ।’ विद्यालयमा दशैंपछि गाउँपालिकाले शिशु कक्षाको दरबन्दी दिने भनेको छ तर कक्षाकोठा अभाव छ र विद्यलय आउने बाटोको खोलामा पुल आवश्यक छ ।

प्रधानाध्यापक चेतबहादुर घलेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भवन निर्माणका लागि फोटो सहित आवेदन दिएपनि कालाभैरव विद्यालय छनोटमा परेन ।

कालाभैरव विद्यालयबाट एक घण्टा भन्दा बढी समय लाग्ने दुरीमा अरु दुईवटा विद्यालय छन् साना साना बालबालिका भएर हिँडेर जान सक्ने अवस्था छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यस वर्ष पनि प्रधानाध्यापक घलेले विद्यालयको विस्तृत अवस्था र तस्वीरसहित प्रस्तावना पठाए पनि छनोटमा परेन ।

सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक घलेले जानकारी दिए । उनले भने, ‘दुई कोठे भवन बनाइदिन्छौं भनेको छ तर सम्झौता भएको छैन ।’

गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत आइतराम तामाङ गाउँपालिकाले खोलामा झोलुंगे पुल वा बेलिब्रिज बनाउन पहल गर्ने बताउँछन् ।

जाजरकोटको छेडागाड नगरपालिका–१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिकाले दुई महिनासम्म त्रिपालमुनि बसेर पढे ।

गत साउन ८ गते पहिरोले विद्यालयको भवनम क्षति पुर्‍याएको समाचार सार्वजनिक भएपछि एक निजी संस्थाले त्रिपाल, कार्पेट र डेस्कबेन्च दिएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । ‘तर यो अस्थायी हो । स्थायीको लागि उपाय खोजी गरिरहेका छौं’, उनले भने ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयको दुईवटा भवनको चार वटा कक्षाकोठामा पहिरोले क्षति पुर्‍याएको छ । तीन वटा कक्षा कोठा र एउटा स्टोर रुम क्षतिग्रस्त छ । अहिले राष्ट्रपति शैक्षिक सुधार अन्र्तगत दुई कोठे भवन निर्माण गरिदिने आश्वासन पाएको प्रधानाध्यापक अधिकारी बताउँछन् । तर विद्यालयसँग जग्गा छैन ।

‘त्यसरी खोजेर पनि समस्या नै छ । किनभने कसैले जमिन सहयोग नै गरेपनि यहाँभन्दा टाढा नै पर्न जान्छ’, उनी भन्छन्, ‘दुई वटामात्रै कोठा बनाउँदा पनि यहाँ आधा त्यहाँ आधा कक्षा सञ्चालन गर्नुपर्ने देखियो ।’

विद्यालयमा बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी शिक्षक, एक जना राहत शिक्षक, एक जना बालविकास शिक्षक गरी चार जना शिक्षक र एक जना विद्यालय कर्मचारी छन् ।

जनता मावि दिप्रुङ चुइचम्मा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जनता माविका विद्यार्थीहरु टहरोमा बाँसको टाटीमा बसेर अध्ययन गर्छन् । १ देखि १० कक्षासम्मका विद्यार्थी टाटीमा जस्ताले छाएको कोठामा बसेर पढ्छन् । तर एक कक्षाको होहल्लाले अर्को कक्षामा शिक्षकले भनेको कुरा सुन्न हम्मे पर्ने शिक्षकहरु बताउँछन् । चर्को घाम लागेको बेला गर्मी हुनुका साथै टिन पड्केर झन् बढी हल्ला थपिन्छ ।

प्रधानाध्यापक पवन राई भन्छन् ‘एउटा कक्षाको बच्चाहरुको हल्लाले अर्को कक्षाका बच्चाहरु शिक्षक बोलेकै बुझ्दैनन् । त्यसमाथि घाम लाग्यो भने जस्ता पड्किन्छ ।’ कक्षा पाँच भन्दा तल्लो कक्षाका बालबालिकाहरुमा अझ बढी समस्या भइरहेको उनको भनाइ छ ।

 

विद्यालय गत वैशाख ४ गते भण्डारीडाँडाबाट करीब दुई किलोमिटर माथि रहेको मुसरीडाँडामा सारिएको प्रधानाध्यापक राईले बताए । आर्थिक वर्ष २०७०र७१ तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख रुपैयाँमा ४ कोठे भवन निर्माण सुरु भएपनि विवादको कारण अलपत्र अवस्थामा छ ।

मापदण्ड विपरीत निर्माण सुरु भएको भन्दै अख्तियारमा उजुरी परेपछि निर्माण स्थगित गरिएको बुझेको प्रधानाध्यापक राई बताउँछन् । उनी भन्छन् ‘भवन निर्माणमा लापरबाही नै गरेको देखिन्छ । त्यसरी लथालिंग हुनुमा पुरानो समिति र नयाँ बनेको समितिबीचको बेमेल पनि हो ।’

भण्डारीडाँडामा २०१७ सालमा स्थापना भएको विद्यालय मुसुरीडाँडामा सार्ने विषयमा अभिभावक पनि विभाजित देखिएका छन् । उनी भन्छन् ‘अभिभावक पक्ष विपक्ष हुँदा भवन बनेन जसले बालबालिका चेपमा परे ।’ दिनुवापट्टिका बोल्पा, पिचाकु, भण्डारीडाँडा, मार्से, वारेम्तुङ, भुल्के नाप्तेकु, नौलाका अभिभावक विद्यालय सार्न नहुने पक्षमा र मुलाबारीपट्टिका मुसुरीडाँडा, पारपानी, ढाँडेका अभिभावक भने सार्नुपर्ने पक्षमा छन् ।

 

 

 

अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रुपैयाँको चारकोठे भवन निर्माण भइरहेको प्रधानाध्यापक पवन राईले जानकारी दिए । राईले आफू प्रधानाध्यापक भएर आएपछि चारकोठे भवन बनाएको बताए ।

कक्षा ११ र १२ को कक्षा अध्यापन हुने गरेको छ । बाँकी तीन वटामा प्रशासन, पुस्तकालय, कम्प्यूटर, विज्ञान प्रयोगशाला राखिएको छ । अर्को पुरानो कच्ची भवनमा भने अंग्रेजी माध्यमका नर्सरी, एलकेजी र यूकेजीका बालबालिकाले पढ्छन् । विद्यालयमा अहिले ४८३ विद्यार्थी छन् । कहिले उनीहरु भवनमा बसेर पढ्न पाउँछन् कसैसँग जवाफ छैन ।अनलानखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap