समाजवादी केन्द्रको गठन प्रक्रिया शुरु भएको हो ?


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
समाजवादी केन्द्रको गठन प्रक्रिया शुरु भएको हो ?

काठमाण्डाै ३ भाद्र । राजनीतिक ध्रुवीकरणले तीब्रता पाइरहेका बेला केही समययता चर्चामा रहेको समाजवादी केन्द्र निर्माणको बहस सतहमा प्रकट हुन थालेको छ । नेकपा एमालेमा माधव नेपाल पक्षले आन्तरिक संघर्ष चर्काइरहेका बेला चर्चामा आएको समाजवादी केन्द्र गठनको बहस नेपालले हिजो नयाँ दल दर्ता गरेसँगै सतहमा देखिन थालेको हो ।

एमालेबाट बिद्रोह गरी नेता नेपालले औपचारिक रुपमा नयाँ दल दर्ता गरेको भोलिपल्टै आज ‘समाजवादी केन्द्र  नेपाल ’कोआयोजनामा अन्तरक्रिया हुँदैछ । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नवगठित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रमलाई तीन नेताले एकैसाथ सम्बोधन गर्न लाग्नुभएको हो । यसअघि एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र र जसपासहितको समाजवादी केन्द्र गठनको तयारी भैरहेको चर्चा थियो । आगामी निर्वाचनसम्ममा समाजवादी केन्द्रले आकार ग्रहण गरिसक्ने दाबी गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap