समाजलाई अगाडि बढाउनमा पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ सभामुख घिमिरे


लेखक : सुन्दराञ्चल      असार २०, २०८० मा प्रकाशित     
समाजलाई अगाडि बढाउनमा पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ सभामुख घिमिरे

 असार २०,  सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् ।  बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् ।

उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए ।  सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।  त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे ।  अध्यक्ष तिमिल्सिनाले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद् सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap