सनातन वैदिक परम्परा अनुसार धनगढीमा रहेको चैतन्य पाठशालाले गर्‍यो भवनको शिलान्यास ,


लेखक : सुन्दराञ्चल      असार १३, २०८० मा प्रकाशित     
सनातन वैदिक परम्परा अनुसार धनगढीमा रहेको चैतन्य पाठशालाले गर्‍यो भवनको शिलान्यास ,

महादेव गिरी संवाददाता

धनगढी असार १३, धनगढी उपमहानगरपालीका शिवनगर ५ मा प्रर्ने चैतन्य पाठशालाले आज बुधवार सनातन वैदिक परम्परा अनुसार सुविधा सम्पन्न भवन निर्माणको लागि शिलान्यास गरेको छ । आज बुधवार चैैतन्य पाठशालाले सनातन वैदिक परम्परा अनुसार भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यार्थीहरूको सुविधा र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै २५ कोठे र ९ कोठे गरी दुई ओटा सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको बताए ।आजको विज्ञान, र प्रविधि युज्ञमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भौतिक पूर्वाधार आवश्यक पर्नेभएकाले विद्यार्थीमैत्री संरचनाको निर्माण हुनुपने अध्यक्ष जोशीले बताए। आधारभूत पूर्वाधारका साथै सफा र चिटिक्क परेका कक्षाकोठा रहनुपर्ने उनले बताए ।May be an image of 13 people

यस्का साथै बालबालिकाका लागि प्रर्याप्त खेल सामग्री हुनुपर्ने भएकाले चैतन्य पाठशाला आफ्नै फुटसल, स्विमिङ्ग पुल र आफ्नै ठूलो सुविधासम्पन्न मिटिङ हल समेत निर्माण गर्ने जानकारी दिए। अध्यक्ष जोशीले विद्यार्थीको संख्या बढाउने भन्दा पनि शिक्षा र विद्यालयको जग बलियो बनाउनु पर्ने , विद्यालयले विद्यार्थी खोज्ने होइन। विद्यार्थी र अभिभावकले राम्रो विद्यालय कुन छ भनेर विद्यालय खोज्ने अवस्था सिर्जना गर्नुपर्ने अध्यक्ष जोशी बताए ।May be an image of 1 person and temple

अहिले प्रतिस्पर्धाको समय भएकाले समय सापेक्ष शिक्षा प्रदान गर्नुका साथै आफूहरूले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको बताए। शिलान्यास समारोहमा पण्डित वासुदेव जोशी, विद्यालयका प्राचार्य हरि प्रसाद जोशी, संस्थापक प्राचार्य उदयप्रताप सिंह, सन्चालक पदम धानुक, टंकप्रसाद जोशी, खगेन्द्र पन्त, सहायक प्राचार्य कटक बहादुर सिंह, पिटिए अध्यक्ष ईश्वर गिरी, व्यवस्थापन समिति सदस्य गोरख खाती, र चैतन्य पतञ्जलि योग समिति सदस्यलगायतको उपस्थिति रहेको थियो।आजको यो विज्ञान युज्ञमा चैतन्य पाठशालाले शिक्षा र संस्कारको मात्र नभएर बिद्यार्थीलाई आफै स्वरोजगार कसरी बन्ने र बनाउने भन्ने शिक्षार्र्, सङ्गमको रूपमा मानव मूल्यमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap