सदरमुकाममा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जडान


लेखक : सुन्दराञ्चल      माघ ११, २०७८ मा प्रकाशित     
सदरमुकाममा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जडान

बाजुरा माघ ११  बाजुराको सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ।

नागरिक समाजको पहलमा गरेको लगातार ३ दिनको आन्दोलन कार्यालयमा तालाबन्दी पछी सदरमुकाममा नेपाल राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बताएका छन्।

सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरी लाइन जोडेको ललित कुमार मण्डलले बताएका छन् । यसअघि पनि उक्त आसपासमा दैनिक ६ देखि १० घण्टाको लोडसेडिङ खेप्दै आएका सदरमुकामबासी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण  लाईन जडान भएपछि खुसि भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap