सञ्चालन हुने भो गेटा मेडिकल कलेज ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
सञ्चालन हुने भो गेटा मेडिकल कलेज ,

धनगढी १५ जेठ सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका हुन्।

यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए। गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ। सञ्चालनका लागि ढिलाई भएको भन्दै अहिले कैलालीमा चरणवद्ध आन्दोलन भइरहेको छ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap