‘संसदीय समितिले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न सरकार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह


लेखक : सुन्दराञ्चल      अशोज १, २०८१ मा प्रकाशित     
‘संसदीय  समितिले  सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न  सरकार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

धनगढी असोज १– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि बढ्ने बताए।

पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन्।

अहिलेको समयमा मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल नेपाली काग्रेस र एमाले मिलेर सरकार बनेको सिंहको बताए। उनले भने, ‘पटक–पटक सरकार परिवर्तन भइरहदा अर्थतन्त्र र जनतामा निराशा रहेका छन्, त्यसलाई चिर्न एमाले र कांग्रेस मिल्यौँ। अब यो गठबन्धनले पुरै कार्यकाल सरकार सञ्चालन
आवशेयक रहेको बताए ।
देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताए।

उपप्रधानमन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मंगलबार बिहान धनगढी आएका हुन्।

उनले स्थापना दिवससँगै धनगढीमा पार्क निर्माणको शिलान्यास, कार्यकर्ता भेटघाट गरेर आजै बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap