संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ


लेखक : सुन्दराञ्चल      साउन ९, २०७९ मा प्रकाशित     
  संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ

९ साउन,  संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्ने, राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पठाइएका नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक कार्यसूची रहेको छ ।

त्यस्तै, २०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउने कार्यसूची पनि रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap