संघर्षका दिनहरुका बारेमा कुरा गर्दैभारतकाअभिनेता सुनिल ग्रोवर त्यो समयमा मेरो जम्मा ५०० रुपैयाँ तलब थियो


लेखक : सुन्दराञ्चल      माघ २०, २०७८ मा प्रकाशित     
संघर्षका दिनहरुका बारेमा कुरा गर्दैभारतकाअभिनेता सुनिल ग्रोवर त्यो समयमा मेरो जम्मा ५०० रुपैयाँ तलब थियो

काठमाडौं माघ  २० भारतका कमेडियन स्टार तथा बलिउड अभिनेता सुनिल ग्रोवर करियरको एउटा उचाईमा पुग्न सफल भएका छन् । उनी सफल अभिनेता सँगसँगै सफल कमेडियन पनि हुन् । तर, उनले यो स्थानसम्म आइपुग्दा जीवनमा धेरै संघर्ष गरेका छन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै सुनिलले जीवन संघर्षका विषयमा खुलाएका थिए ।

सुनिलले भनेका छन्, ‘म सुरुदेखि नै राम्रो मिमिक्रि गर्थेँ । अभिनय गर्नु र मानिसलाई हसाउँनुमा मेरो रुचि थियो । म १२ कक्षामा हुँदा नाटकको प्रतिष्पर्धामा भाग लिएको थिएँ । मलाई प्रमुख अतिथिले उक्त प्रतिष्पर्धामा भाग लिएर अन्य प्रतिष्पर्धीका लागि इन्साफ नभएको बताएका थिए । मैले थिएटरमा मास्टर्स डिग्री हासिल गरेको छु । अभिनयकै लागि मुम्बई आएको हुँ ।’

उनले अगाडि भने, ‘पहिलो एक वर्ष मैले केही गर्न सकिन । मैले घरबाट पैसा मागेर गुजारा गरेँ । त्यो समयमा मेरो जम्मा ५०० रुपैयाँ तलब थियो । तर, मैले एकदिन टन्नै पैसा कमाउँछु होला भन्ने विश्वास लिएको थिएँ । तर, केही समयमा नै मलाई थाहा भयो मजस्ता कयौँ संघर्ष गरिरहेका थिए ।’

उनी भन्छन्, ‘म आफ्नो शहरको सुपरस्टार थिएँ । मसँग मुम्बई आएपछि न पैसा बचेको थियो न कमाई नै थियो । मेरा लागि त्यो समय निकै अप्ठ्यारो थियो ।’

संघर्षका दिनहरुका बारेमा कुरा गर्दै सुनिलले सुरुमा टेलिभिजन शोबाट निकालिएको बताए । उनले भ्वाइसओभरको काम पनि गरेको उल्लेख गरे । संघर्षगर्दा गर्दै जीवनमा आइपरेका हरेक दुखलाई पार गर्दै उनी यो स्थानमा आइपुगेकोमा आफूलाई भाग्यमानी ठान्छन् ।  एजेन्सी

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap