शिक्षा ऐन उल्लेखित शिक्षक तथा कर्मचारीहरुका जायज माग,पुरा नभएको भन्दै धनगढीमा शिक्षकहरु धर्नामा ,


लेखक : सुन्दराञ्चल      साउन २८, २०८० मा प्रकाशित     
शिक्षा ऐन उल्लेखित शिक्षक तथा कर्मचारीहरुका जायज माग,पुरा नभएको भन्दै धनगढीमा शिक्षकहरु धर्नामा ,

धनगढी साउन २८विद्यालय शिक्षा ऐन २०८० मा उल्लेखित शिक्षक तथा कर्मचारीहरुका जायज माग तथा विगतका सहमति सम्बोधन नगरेको भन्दै कैलालीसहित देशभरीनै विरोधका कार्यक्रम अघि बढाएको छ । नयाँ संघीय शिक्षा ऐन संसदमा दर्ता भएको पाँचौ दिनबाट महासंघले आइतबार स्थानीय तहमा धर्ना कार्यक्रम गरेको हो । आज धनगढी उपमहानगरपालिकामा विहान ११ बजेदेखि महासंघले धर्ना कार्यक्रम गरेको हो ।

महासंघ कैलालीका अध्यक्ष गंगाराम ओझाले विद्यालय शिक्षा ऐन २०८० मा उल्लेखित शिक्षक तथा कर्मचारीहरुका जायज माग तथा विगतका सहमति सम्बोधन नगरेको भन्दै पहिलो चरण अन्तरगत आफुहरुले आन्दोलनका कार्यक्रम अघि बढाएको बताए । धनगढीसहित कैलालीभरीका स्थानीय तहमा नगर कमिटिको आयोजनामा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्य भएको उनले बताए ।
यस्तै महासंघले ३० गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र ३२ गते सामाजिक विकास मन्त्रालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

आइतबार विद्यालयमा अध्यापन नगराई स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका थिए । जसले गर्दा विद्यार्थीहरु शिक्षा पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ । अहिले सम्म सार्वजनिक नभएको तर सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भएको भनिएको विधेयकमा समेटिएको भन्दै महासंघले शुरु देखिनै आपत्ति जनाउँदै आएको छ ।

ंविधानले गरेको विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार माहतत हुने व्यवस्था प्रति महासंघले संविधान बनेदेखि नै आपत्ति जनाउँदै आएको छ ।

जनप्रतिनिधिलाई ल्याप्चे लगाउनेका निर्देशन मान्न नसकिने भन्दै उनीहरुले जनप्रतिनिधिको हुर्मत लिने क्रम शुरु देखिनै गर्दै आएका थिए । नेपाल शिक्षक संघ धनगढीका नगर अध्यक्ष भुपाल खडकाले विद्यालय शिक्षा ऐन २०८० का साथसाथै धनगढी उपमहानगरपालिकाले गरेको विद्यालय समायोजन विरुद्ध पनि उपमहानगरपालिकामा धर्ना दिइएको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap