शहरको सौन्दर्यता बढाउन भन्दै वालहरुमा पेन्टिङ गरिदै धनगढीमा


लेखक : सुन्दराञ्चल      मंसिर ६, २०८० मा प्रकाशित     
शहरको सौन्दर्यता बढाउन भन्दै वालहरुमा पेन्टिङ गरिदै धनगढीमा

 मंसिर ६ धनगढी शहरको सौन्दर्यता बढाउन वालहरुमा पेन्टिङ गरिन थालिएको छ। धनगढी उपमहानगरपालीकालाई सुन्दर बनाउनुपर्छ भन्ने उदेश्यका साथमा बिरुवा रोप्ने कामगरे सँगै वालहरुमा पेन्टिङ गरिन थालिएको नगर प्रमुख गोपाल हमालले बताए।
पहिलो चरणमा धनगढी उप–महानगरपालिकाको पार्क मोड अगाडी रहेको कवड हलको पर्खालमा सुदूरपश्चिमको मौलिकता झल्काउने तस्बिरहरू वाल पेन्टिङको कार्य भैरहेको हो ।

वालहरुमा मौलिकता झल्काउने किसीमका तस्बिरहरू पेन्टिङ गरेर सुदूरपश्चिमलाई चिनाउने छौँ उनले भने, सुदूरपश्चिमको कला संस्कृती,परम्परा,भेषभुषा, खानाका परिकार, पर्यटकीय स्थल, घुम्ने ठाउँ, तिर्थ स्थलहरुको तस्बिरहरू राखेर प्रदेशको परिचय दिइन खोजीएको बताए।

मौलिकता झल्काउने किसीमका तस्बिरहरूको कलात्मक रूपमा चित्रण गर्ने र शहरको सौर्न्दर्यकरण बढाउने कार्य गरिन्छ, उनले भने, यदि कुनैपनी ब्यक्ति धनगढीमा आउँदा खेरी सुदूरपश्चिम कस्तो छ भन्दा यि भित्ताका वालहरुले आफै बयान गर्नेछ। उनले भने, सुदुरपश्चिमको कला संस्कृती,परम्परा,भेषभुषाबारे आम मानिसलाई जानकारी गराउनु पनि हो। यस्ले सौन्दर्यता बढ्ने र सुदूरपश्चिमको परिचय पनी दिने खालको वाल पेन्टिङ भैरहेको हो।

वाल पेन्टिङमा कसैले फोहोर गर्ने, गुट्का खाएर थुक्ने या यस्मा कसैले पोष्टरहरु टाँस्ने काम नगर्न उनले सबै नगरवासीमा अनुरोध समेत गरेका छन् । यदि त्यस्तो कार्य गरेको भेटिएमा कार्वाही गर्ने र सम्बन्धित जरीवाना गराउने जानकारी दिएका छन्। कसैले पोष्टरहरु टाँस्ने, फोहोर गर्ने, गुट्खा खाएर थुक्ने कार्य गरेको देखेमा धनगढी उपमहानगरपालीकाको टोल फ्रि नम्बरमा फोन गरेर जानकारी गराइदिन अनुरोध गरेका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap