वैदेशिक रोजगारीमा फागुन महिनामा मात्र, ६१ हजार बढीले श्रम स्वीकृति लिए


लेखक : सुन्दराञ्चल      चैत्र ६, २०७९ मा प्रकाशित     
वैदेशिक रोजगारीमा फागुन महिनामा मात्र,  ६१ हजार बढीले श्रम स्वीकृति लिए

६ चैत,  । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् ।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३, कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् ।

४२ हजार सात सय १८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० जना उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap