वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै,


लेखक : सुन्दराञ्चल      असार २८, २०८० मा प्रकाशित     
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै,

२८ असार, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ ।

वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको व्यवसायी बताउँछन् ।गएराति पौने ११ बजे सलाम एयरबाट वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको हो । त्यस्तै बिहीबार बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई समेत फर्काइएको छ ।इन्डेक्स म्यानपावरबाट ४७ जना, युथ म्यानपावरबाट ३२ जना, निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना कुवेत जान लागेका थिए । उनीहरू सबैले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
वर्किङ भिसा, टिकट, श्रम स्वीकृति लगायतका कागजात हुँदा हुँदै पनि अनुसन्धान अधिकृतले शंका लागेको कारण देखाउँदै धमाधम फर्काउन थालेको व्यवसायीको भनाइ छ । अध्यागमन कार्यालयले भने वैदेशिक रोजगारीका लागि जान लागेका उनीहरूको कागजात शंकास्पद भन्दै रोकेको जनाएको छ ।

यसअघि गत आइतबार जोर्डन जान लागेका १५ जनालाई पनि अध्यागमन कार्यालयले रोकेको थियो । पछि उनीहरूले पेस गरेका कागजात सही रहेको पाइएपछि उडेका थिए । कम्पनीले नै टिकटको व्यवस्था मिलाएर लैजाने गरेको भए पनि अध्यागमनले रोक्दा अनावश्यक टिकट खर्चको भार बढ्ने व्यवसायीको गुनासो छ । त्यसरी उनीहरूलाई फर्काउँदा मेनपावर व्यवसायीले फेरि पठाउन ९ लाखभन्दा बढी रूपैयाँ खर्च गरेर टिकट काटेको बताइन्छ ।

त्यस्तै आज बिहान समेत फर्काएकाहरू यदि अब जान पायो भने अर्को टिकट काट्नुपर्छ । ‘ननरिफण्डेबल’ टिकटमार्फत कुवेत जान लागेकाहरू अब पुनः टिकट काटेर जानुपर्नेछ । त्यसका लागि लाखौँ रूपैयाँ फेरि खर्च गर्नुपर्ने हुन्छ ।

letter

अध्यागमनको उक्त कार्यको व्यवसायीहरूले चर्को विरोध गर्दै आएका छन् भने अध्यागमनले रोक्ने निर्णयको बचाउ गर्दै आएको छ । अध्यागमन कार्यविधि मापदण्डले तोकेको आवश्यक कागजात पेस नगर्नेहरूलाई रोक्दै आएको अध्यागमनले जनाएको छ ।

अध्यागमक विभागका महानिर्देशक झलकराम अधिकारीले वैदेशिक रोजगारी वा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजात पेस गर्न नसक्नेहरूलाई रोक्दै आएको बताए । अध्यागमन ड्युटी अधिकृतलाई शंका लागेको खण्डमा उसले रोक्न सक्ने अधिकारीको भनाइ छ ।

महानिर्देशक अधिकारीले श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागमा अर्को भिसाको कागजात रहेको पाइएपछि फर्काइएको बताए । घरेलु श्रमिकको रूपमा कुवेतमा जान लागेको पाइएकोले उनीहरूलाई रोक लगाइएको उनले प्रस्ट पारे ।

अध्यागमन कार्यालयले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार सम्बन्धित देशमा जानका लागि प्रस्थान अनुमति दिन नसकेको जनाउँदै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले यो विषयमा अध्ययन भइरहेको बताए । ‘अध्यागनबाट दुई खालको भिसा छ भनेको छ । व्यवसायीहरूले श्रम स्वीकृति लिएर जान लागेकाहरूलाई बिना कारण रोकेको भनेका छन् । अध्यागमनलाई हामीले प्रमाण दिनुहोस् भनेका छौं । यदि दुई खालको भिसा रहेको पाइए व्यवसायीलाई कारवाही गर्छौं’ महानिर्देशक दाहालले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap