धनगढी दृष्टि फाउण्डेसनलाई मानसिक रोगको औषधि वितरण


लेखक : सुन्दराञ्चल      अशोज २३, २०८० मा प्रकाशित     
धनगढी दृष्टि फाउण्डेसनलाई मानसिक रोगको औषधि वितरण

महादेव गिरी संवाददाता
धनगढी  २३ असोज ,दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल, बलङ्केट, कम्मल, वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा कम्मल वितरण गरेर दिवस मनाइएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवस मनाउने कार्यक्रमको समन्वय मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपाल,हयुमन नेपाल, कोशिस, टिपियो र डब्लुयचओले गरेका थिए । औषधि खान नपाएर बिरामीहरु समस्यामा परेका बेला मानसिक रोगको औषधि सहित चिसोमा ओढ्न मिल्ने न्यानो कम्मल ९बलङ्केट० प्रदान गरेकोमा धेरै खुसी लागेको फाउण्डेसनका संचालक कल्पना भट्टले बताइन् ।

दिवसको अवसर पारेर स्वास्थ्य कार्यालयले ४० जना बिरामीले खादै आएको करिब ३ महिनालाई पुग्ने मानसिक रोगको औषधी, १० वटा ९बलङ्केट० जीवनजल, सिटामोल र चोटपटक लाग्दा घाउ सफा गर्नको लागि प्राथमिक उपचारका सामाग्री वितरण गरेको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।
अबदेखि नियमित रुपमा फाउण्डेसनमा आएर एचभाइभी,टिबि र प्रजनन् स्वास्थ्यको चेकजाँच गर्ने व्यवस्था मिलाउने धामीले भन्दै बच्चालाई खुवाउने लिटो र आइरनचक्की उपलब्ध गराउने धामीले बताएका थिए ।

धनगढी उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र १३ नम्बर वडामा कार्यरत जन स्वास्थ्य निरीक्षक अनिता खड्काले प्रत्येक महिनाको २५ गते नियमित रुपमा स्वास्थ्य चेकजाँच गरी सेवादिने व्यवस्था गर्ने बताएकी थिइन् ।

फाउण्डेसनका स्वयम् सेवक चन्द्रा तिरुवाले खानको भन्दापनि बिरामीले औषधिको समस्या भोग्नु परेको बताइन् । निशुल्क पाईने औषधीपनि समयमा पाएका छैनौं । धेरै किसमिको मानसिक रोगको औषधि खरिद गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण औषधि बिरामीले खान नपाएको दुःख पोखेकी थिइन् । जवाफमा स्वास्थ्य कार्यालयका प्रमुख धामीले अबदेखि खरिद गर्नुपर्ने औषधीको व्यवस्था पनि गरिदने बताएका थिए ।No description available.

धामीले भने–“असोज २१ गते स्वास्थ्य कार्यालयमा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने विषयमा तयारी बैठक बसेको थियो । बैठकमा सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले दृष्टि फाउण्डेसनमा बसेका असहायले मानसिक रोगको औषधि खान नपाएर समस्यामा रहेको जानकारी गराउनु भएको थियो । छलफलपछि मानसिक रोगको औषधि उपलब्ध गराई दिवस मनाउने लिखित निर्णय भएको थियो ।” बैठकले विद्यालयमा अभिमुखिकरण कार्यक्रम गरी दिवस मनाउने पनि निर्णय गरेको थियो ।

फाउण्डेसनका संचालक कल्पना भट्टले बिरामीले खाँदै गरेको औषधी सकिएपछि धेरे ठाउँमा पहल गरेपनि औषधिको जुगार नभएको बताईन् । अन्तिममा सीएमसीका धनराज विकलाई समस्याको बारेमा जानकारी गराएकी थिए मैले । तत्काल औषधिको व्यवस्था गर्नमा समन्वयको काम गरेर सहयोग गरेको भन्दै भट्टले विकलाई धन्यवाद समेत दिएकी थिइन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका डाक्टर मिलन खड्काले फाउण्डेसनमा रहेका बिरामीको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । हुमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले फाउण्डेसनको मानवीय कामको मूल्यांन गरी नगद सहित आफ्नो संस्थाले केहीदिन अगाडी सम्मान गरेको बताए ।

मनोसामाजिक परामर्शकर्ता धनराज विकले स्वाथ्य कार्यालयले औषधि खान नपाएका बिरामीलाई औषधि सहित न्यानो ९बलङ्केट० उपलब्ध गराई अर्थपूर्ण तरिकाले दिवस मनाएकोमा खुसी लागेको बताए ।No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap