विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०७८ मा प्रकाशित     
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार

 काठमाडौं २८ चैत, । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो ।

३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्‍वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत पाएकी थिइन् ।

काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिका गएर कानूनमा नै मास्टर्स गरेकी थिइन् । पढाई सकाएर स्वदेश फर्केकी बाँस्कोटा चियाको बजारीकरणको काम पनि गर्छिन ।

बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जनाएको छ । अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap